सर्लाहीकाे मलंगवा नगरपालिका ४ स्थित गणेशिया चौर निजिकैबाट शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले ठुलाे मात्रामा विष्फाेटक पदार्थ पटका बरामद गरेको छ ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीबाट खटिएकाे शसस्त्र प्रहरीकाे गस्ती टाेलीले मलंगवा नगरपालिका ४ स्थित गणेशिया चाैर नजिकै दुई कोठे टिनको कच्चि घरबाट करिब २८ लाख बराबरकाे विष्फाेटक पदार्थ पटका बरामद गरेकाे शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक विनाेद राज खनालले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिका ४ स्थित गणेशिया चौर निजिकैबाट शसस्त्र प्रहरीकाे गस्ती टाेलीले दुई कोठे टिनको कच्चि घरबाट रु २७ लाख ७७ हजार पाँच सय ५२ बराबरकाे विष्फाेटक पदार्थ पटका बरामद गरेकाे हाे । बरामद् गरिएको विष्फाेटक पदार्थ पटका बिहिवार(आज) डिस्पोज गरिएको छ ।