नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । वि.ंसं.२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक विभागले जनाएको छ । हरेक १०÷१० वर्षमा गरिने जनगणना अनुसार यस वर्ष गरिएको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको आज(बुधबार) तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।
यसअघि वि.ंसं.२०६८ मा गरिएको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१,मधेश प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८,बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२,गण्डकीमा २४ लाख ७९ हजार ७ सय ४५,लुम्बिनीमा ५१ लाख २४ हजार २ सय २५ र कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्या पुगेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २ सय ७० जनसंख्या पुगेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १ सय ८ अर्थात ६.९ प्रतिशत, पहाडमा १ करोड १७ लाख ४८ हजार ४ सय ४८ अर्थात ४०.२५ प्रतिशत र तराईमा १ करोड ५६ लाख ६५ हजार ८ सय २८ अर्थात ५३.६६ प्रतिशत जनसंख्या रहेको विभागले जनाएको छ । विं.सं १९६८ सालबाट शुरु भएको जनगणना हरेक १०÷१० वर्षमा गरिदै आएको छ । वि.ंसं.२०६८ मा गरिएको जनगणना भन्दा वि.ंसं.२०७८ मा गरिएको जनगणनामा करिब ३० लाख मानिसको संख्यामा बृद्धि भएको तथ्यांकमा उल्लेख गरिएको छ ।