सर्लाहीको कौडेना गाउँपालिकामा राजनैतिक दलका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । मतपेटिका संकलन गरेर निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि विभिन्न राजनैतिक दलका कार्यकर्ताले ढुंगामुढा भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
त्यस्तै चक्रघट्टा गाउँपालिका १ शिवनगरमा पनि मतपेटिका उठाएर लैजाने समयमा ढुंगामुढा भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुवै ठाउँमा दर्जनौं राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।
कौडेना र चक्रघट्टा गाउँपालिकामा स्थिती नियन्त्रण बाहिर गएपछि हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिनु भयो ।
उहाँका अनुसार जिल्लाभर मतदान सम्पन्न भएको र अहिले मतपेटिका संकलन गरेर मतगणना स्थलसम्म पुर्याउने काम भईरहेको छ । १७ वटा स्थानीय तहको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मलंगवामा ल्याई सकिएको र ३ वटा स्थानीय तहको मतपेटिका ल्याउने क्रममा रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
जिल्लाका केही स्थानिय निकायमा विवाद हुँदा मतदान कार्य केही समय प्रभावित भएको र कतै वर्षाका कारण मतदान प्रभावित भएका कारण निर्धारीत समयमा मतदान नसकिए पछि मतपेटिक संकलन गर्न केही ठिलो भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।