शीतलहर सुरु,जनजीवन कष्टकर,दुर्घटनाको जोखिम

401 Shares

सर्लाही सहित मधेश प्रदेशका शीतलहर सुरु भएको छ।मध्य पुसमा आएर शीतलहर सुरु भएसँगै सर्वसाधारण प्रभावित हुन थालेका छन्।बिहानैदेखि पारिलो घाम लागेर दिनभरजसो न्यानो नै हुने तराई क्षेत्रमा एक्कासी शीतलहर चल्न सुरु भएपछिविपन्न वर्ग र किसान मजदुरहरुका साथै बृद्धबृद्धा र बालबालिकाहरु पुर्ण रुपमा प्रभावित भएका छन् ।सर्लाही सहित मधेश प्रदेशका आधिकांश स्थानहरुमा बाहिर निस्कँदा भिज्ने गरी शीत झर्न थालेको छ। शीतलहर र बाक्लो हुस्सुका कारण अत्यावश्यक काम परेर बाहिर निस्कनुुपर्ने मानिस प्रभावित भएका छन् ।
बाक्लो हुस्सु र शीतलहरका कारण भिजिबिलिट कम भएर सवारी दुर्घटनाको जोखिम हुने भएकाले यात्रु तथा सवारी चालकलाई विशेष ख्याल गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले सवारी चालकहरुसंग अनुरोध गरेका छन्।उनले एक त अहिले उखु ढुवानीको समय छ त्यसमा पनि शीतलहर सुरु भएकाले भिजिबिलिट कम भएको छ यस्तो समयमा दुर्घटनाको जोखिम बढ्ने भएकाले सवारी चलाउँदा विशेष ध्यान दिन र दुर्घटना न्यूनिरकणको अभियानलाई साथ दिन यातायात व्यवसायीहरु र चालकहरुसंग अनुरोध गरे ।

सम्बन्धित समाचार