बरहथवा नगरपालिका १७ मा पुन ः मतदान गरियो

1.9k Shares

   सर्लाहीको बरहथवा नगरपालिका १७ श्रीपुरमा मंगलबार  पुनः मतदान भएको छ ।    बैशाख ३० गते शुक्रवार स्थानीय निकायको निर्वाचनका दिन बरहथवा नगरपालिका १७ परोरियाटोलको आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयहरुले मतदान गर्दै गरेको समयमा जनता समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)का उम्मेदवार तथा समर्थकहरु बीच झडप भएपछि मतदान रोकिएको थियो।
   जनता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार राम विश्वास राय समर्थकले माओवादी केन्द्रका वडाअध्यक्ष पदका उम्मेदवार विरेन्द्र रायलाई निर्घात कुटपिट गरेपछि उक्त  मतदान केन्द्रको मतदान स्थगित भएको थियो । कुटपिटबाट माओवादी केन्द्रका उम्मेदवार रायसहित करिब डेढ दर्जन उनका समर्थकहरु गम्भीर घाइते भएका थिए ।
 जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मदवारले पुनः मतदानको माग गर्दै संयुक्तरूपमा उजुरी दिएपछि आयोगले उक्त वडामा  पुनः मतदान गर्ने निर्णय गरे अनुसार जेष्ठ ३ गते मंगलबार  बिहान ७ बजेदेखि  मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो ।
   बरहथवा नगरपालिका १७ श्रीपुरको आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा १ हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ गत शुक्रबार साँझसम्म ३ सय ७२ मत मात्र खसेको जिल्ला निर्वाचन अधिकारी भुजेलले बताउनु भयो ।   गत बैशाख ३० गतेको घटनालाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्था गरिमतदान गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
 

सम्बन्धित समाचार