शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ९ का स्थानीय जबरजस्ती करणीको प्रयास गर्ने अपराधिलाई बचाउन खोजेको भन्दै आन्दोलीत भएका छन् । हरिवन नगरपालिका ९ का स्थानीय अन्दाजी ५५ वर्षिय नारायाण गौतमले स्थानीय कृष्ण लामिछानेकी नावालीका छोरीलाई जबरजस्ती करणीको प्रयास गरेका र उनलाई बचाउन स्थानीय प्रहरी प्रशासन,स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरु लागि परेका भन्दै स्थानीय र पीडित परिवारले पुर्व पश्चीम राजमार्ग अवरुद्ध पारेका हुन ।
.jpg)
पीडित परिवारजन र स्थानीय आन्दोलनकारीका अन्दाजी ११ वर्षिय नावालीका छोरी बजारबाट फर्किने क्रममा स्थानीय गौतमको घरमा कलमा पानी खान गएको समयमा गिलासमा पानी छ भनी गौतमले बोलाएर लामिछानेकी अन्दाजी ११ वर्षिय छोरीलाई जबरजस्ती करणीको प्रयास गरेका पीडितका बुबा लामिछानेले बताए । उनका अनुसार फागुन २५ गते बिहीबार दिउँसो आफ्नी श्रीमती विनिता लामिछाने र नावालीका छोरी बजार गएका र फर्किने क्रममा छिमेकी गौतमको घरको कलमा पानी खान गएको समयमा गिलासमा पानी छ यता आएर खाउ भनी भित्र बोलाएर जबरजस्ती करणी गरेका हुन ।
फागुन २५ गते बिहीबार दिउँसो जबरजस्ती करणीको प्रयास भएको भएपनि लामिछानेकी नावालीका छोरीले फागुन २८ गते समस्या बताए पछि फागुन २९ गते ईलाका प्रहरी कार्यालय हरिवनमा जाहेरी दिएका भएपनि स्थानीय प्रहरी प्रशासन,स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरुको दवावमा प्रहरीले पीडित गौतमलाई नियन्त्रणमा नलिएर आफुहरुमाथी अन्याय गरेको पीडित बालीकाकी आमा लामिछानेले बताए । उनका अनुसार आफ्नो घरमा हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेती रातीको समयमा आएर ठुलो आर्थिक प्रलोभनमा पार्नु,प्रहरीमा जाहेरी दिँदा पनि पीडिक गौतमलाई नियन्त्रणमा नलिनु लगायतका कारण आफुहरुले न्यान नपाउने र पीडिक सजाएको भागेदार नबन्ने सम्भावना बढेपछि आन्दोलनमा उत्रिनु परेको हो ।
.jpg)
पीडक गौतमलाई नियन्त्रणमा लिएर कार्बाहीको माग राख्दै स्थानीय प्रहरी प्रशासन,स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरु विरुद्ध चर्काे नारावाजी गर्दै पुर्व पश्चीम राजमार्ग अवरुद्ध गरेको स्थानीय आन्दोलनकारी सिदार्थ सुवेदीले बताए । उनका अनुसार जबरजस्ती करणी जस्तो जघन्य अपराधमा पनि स्थानीय प्रहरी प्रशासन,स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरुले पीडितलाई न्यान नदिने र पीडकलाई बचाउने खेल सुरु गरेका कारण आफुहरु आन्दोलीत हुनु परेको हो ।
जबर जस्ती करणी जस्तो जघन्य अपराधमा संग्लग्न अपराधिलाई स्थानीय प्रहरी प्रशासन,स्थानीय जनप्रतिनिधिहरु र केही राजनैतिक दलका नेताहरुले बचाउन खोजे,वडा अध्यक्ष उप्रेती सहितका मानिसहरुले आर्थिक प्रलोभनमा पारेर पीडकलाई उन्मुक्ती दिने र पीडितलाई न्यान नदिने षडयन्त्र गरेका कारण आफुहरु आन्दोलनमा उत्रिएको पीडित परिवारले बताएका छन् ।
यता, हरिवन नगरपालिका ९ का वडा अध्यक्ष उप्रेतीले आफु पीडितको घरमा गएको र वास्तविकता सोधेर दोषीलाई अपराध अनुसारको सजाए हुनुपर्ने कुरा राखेर फर्किएको बताए । उनले आफु पीडितको घरमा गएर वास्तविकता बुझेको र जबर जस्ती करणी भए नभएको छानविन गरि दोषीलाई सजाएको भागेर बनाउनु पर्ने बताएर फर्किएको बताए ।
तर,स्थानीय आन्दोलनकारी र पीडित परिवारजनले आर्थिक चलखेल गरि पीडकलाई बचाउने र पीडितलाई न्यान नदिने चलखेल सुरु गरेका कारण आफुहरु आन्दोलीत भएको बताएका छन् । पीडक गौतम पटक पटक जबर जस्ती करणी जस्तो जघन्य अपराधमा संग्लग्न भएकाले यस प्रकारका अरुपनि घटना घट्ने भन्दै स्थानीय र पीडित परिवार चिन्तित देखिएका छन् । भने प्रहरीले पीडितलाई न्याय दिने र पीडिकलाई नियन्त्रणमा लिएर कार्बाही गर्ने विषयमा चासो नदेखाएको पीडित परिवारजनको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीका अनुसार पीडक गौतम सोमबारदेखि नै फरार भएका छन् भने पीडक गौतमका छोरा र श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका अनुसार पीडित परिवारजनको जोहरी दर्ता गरी अनुसन्धान अघि बढाइएको र बालीकाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी रहेको छ ।