Close This

प्रदेश सभा सदस्य दाहालको पहलमा ५० वेडको आईसोलेसन निर्माण सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-७ गते   ७१५ पटक हेरिएको

आईसोलेसन निर्माण कार्यमा श्रमदान गर्दै प्रदेश सभा सदस्य राजन दाहाल(लेखनाथ)

सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा ५० वेडको आइसोलेसन अस्पताल निर्माण सुरु गरिएको हो । बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको पहलमा आएसोलेसन निर्माण सुरु गरिएको हो ।
सिन्धुली अस्पतालको संयोजनामा तीनसाताभित्र निर्माण सम्मन्न गर्ने योजना रहेको अस्पताल निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा नेपाल रेडक्रस शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताउनु भयो ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना संक्रमण(कोभिड १९)को जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
बैठकले रेडक्रस सभापति श्रेष्ठको अध्यक्षतामा अस्पताल निर्माण उपभोक्ता समिति गठन गरिए अस्पताल निर्माणको काम थालेको हो। यहि भदौ २५ गतेसम्ममा आइसोलेसन अस्पताल निर्माण सम्पन्न गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।  
ट्रष्ट मोडलमा बनाइने अस्पताल विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको हुने उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताउनु भयो । ५० वेडको आइसोलेसनमा तीन वटा आइसीयूसहितको बेड रहने छ । अस्पताल निर्माणमा ९७ लाख रुपैयाँ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको छ ।
बाँकी रकम जिल्लाका स्थानीय निकाय, सामाजिक संघ संस्था र व्यक्तिसँग सहयोग जुटाइने प्रदेश सभा सदस्य दाहालले बताउनु भयो । प्रदेश सांसद दाहाल सहित जिल्लाका जनप्रतिनिधि, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनीधिहरु सक्रिय भएर आईसोलेसनअस्पताल निर्माणमा लागि परेका छन्।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech