Close This

ट्राफिक   प्रहरीको १ मिनेट कार्यक्रम सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१४ गते   ३५७ पटक हेरिएको

सवारी दुर्घटना न्यूनीकरण एवं ट्राफिक नियमको पालना प्रति सचेत गराउन भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालकसंग एक मिनेट कार्यक्रम गरेको छ ।
 विशेषगरी टिपर ,ट्रक , मोटरसाइकल तथा बस माइक्रोबसका चालकहरुलाई लक्षित गरि प्रदेश  ट्राफिक प्रहरीले चालकहरूसङ्ग १ मिनेट कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमको निरन्तरता दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि ट्राफिक प्रहरीको १ मिनेट कार्यक्रम सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख सइ जटा शंकर सिंहले जानकारी दिनु भयो ।
चालकको अवस्था बुझ्ने, तिब्र गतिमा सवारी नचलाउन,मा.प.से, लागू औसध सेबन नगर्न, जथाभावी ओभरट्याक नगर्न,बत्ति संकेतको सहि प्रयोग गर्न,तोकिएको क्षमता भन्दा बढी यात्रु ,मालसामान नराख्न साथै ट्राफिक नियमको पुर्ण पालना गरि असल र जिम्मेवार चालकको भुमिका निर्वाह गर्न अनुरोध गरेको निमित्त प्रमुख सइ सिंहले बताउनु भयो ।
कोरोना भाइरस(कोभिड १९) बाट बच्न अपनाउनु पर्ने साबधानी र स्वास्थ्य मापदण्डको बारेमा समेत जानकारी गराइएको  ट्राफिक प्रहरीले जनाएको छ । भने यो अभियानबाट दुर्घटनामा कमि आउने ट्राफिक प्रहरीको बिश्वास रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech