सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको सर्प दंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ।मध्य गर्मी बढेसँगै तराईका सर्लाही सहित मधेशका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको पाएको हो ।लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको केन्द्रका प्रमुख जगरनाथ यादवले बताए ।उनका अनुसार केन्द्रमा अहिले दैनिक ३÷४ जनासम्म सर्पले डसेका बिरामीहरु उपचारका लागि आऊने गरेका छन् ।
गर्मीयाममा सर्प सितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढ्ने गरेका चिकित्सकहरुको भनाई छ ।असारमा मात्रै १७ जना पुरुष,१९ जना महिला र तीन जना बालबालिका गरि जम्मा ३९ जना सर्पदंशका बिरामी उपचार लिन आएका केन्द्रको तथ्यांकमा उल्लेख छ ।वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले आवश्यक सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।दुई जना मेडिमल अधिकृत, दुई जना एचए,दुई जना सिएमए र अन्य स्टापहरु गरि जम्मा नौ जना कर्मचारी रहेको केन्द्रमा दुई जना नेपाल सेना छन् ।