विष्णु गाउँपालिका १ बारा उधोरणका आगलागि पीडित ६१ घरधुरीलाई राहत वितरण

112 Shares

सर्लाहीको विष्णु गाउँपालिका १ बारा उधोरणका आगलागि पीडित ६१ घरधुरीलाई नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय समितिले राहत वितरण गरेको छ ।वैशाख २० गते भएको आगलागिबाट विष्णु गाउँपालिका १ बारा उधोरण पुर्व टोलका ६१ घर पुर्ण रुपमा नष्ट भएका थिए।आफ्नो घर सहित खाने तथा लगाउने कुरा समेत जलेर नष्ट भएका विष्णु गाउँपालिका १ बारा उधोरण पुर्व टोलका ६१ घरधुरीलाई खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरिएका नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुंवरले जानकारी दिइन् ।

IMG_2384.JPG
उनका अनुसार नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय समितिले विष्णु गाउँपालिका १ बारा उधोरण पुर्व टोलका ६१ घरधुरी आगलागि पीडित परिवारलाई खाद्यान्न सहित अन्य राहत सामाग्री वितरण गरिएको हो ।

IMG_2407.JPG
आगलागि पीडित परिवारहरुलाई राहत सामाग्री वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय समितिकी अध्यक्ष कुंवरको प्रमूख अतिथ्यता तथा बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहर लाल प्रसाद यादवको विशेष आतिथ्यतामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवम प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेल र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह सहितको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार