हरिवन नगरपालिका २ मा पाँच दिने योग शिविर सुरु

56 Shares

सर्लाहीको हरिवन नगरपालिका २ अत्रौली स्थित रहेको राम अवतार जनता मा.विमा पाँच दिने योग शिविर सुरु भएको छ।“गरौँ योग,रहौँ निरोग”भन्ने मूल नारा सहित हरिवन नगरपालिका २ अत्रौली स्थित रहेको राम अवतार जनता मा.विमा पाँच दिने योग शिविर सुरु भएको हो ।
हरिवन नगरपालिका २ स्थित अत्रौलीमा रहेको हरिकृतन कुन्ज अत्रौलीका अध्यक्ष होमराज थपलिया (राजन)को अध्यक्षता एवम मधेश प्रदेश सरकारककी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका ३ को सहयोग तथा हरिकृतन कुन्ज अत्रौलीको आयोजनामा सुरु भएको हो ।
योग शिविरको उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहा,जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल),उप प्रमुख हरिमाया घलान लगायत हरिवन नगरपालिकाका जनप्रतिनिधिहरु र स्थानीय विभिन्न राजनितिक दलका नेता एवम कार्यकर्ताहरु र स्थानीयको उपस्थिति रहेको हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन योञ्जनले जानकारी दिए ।
उनका अनुसार शिविरमा पतन्जली योग नेपालका मुख्य प्रशिक्षक बलदेव मिश्र,युवा पतन्जली योग समितिका संयोजक लोकनाथ खनाल,पतन्जली योग समिति मधेश प्रदेशका मार्गदर्शक एवम प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालगायतले योग आशन सिकाउने छन् ।

सम्बन्धित समाचार