राप्रपा मिक्लाजुङको दोस्रो अधिवेशन सम्पन्न

336 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङको मिक्लाजुङ गाउँपालिकाको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ।मिक्लाजुङ गाउँपालिकाको मधुमलामा भएको अधिवेशनले पुन तारानाथ मगर(कैलाश)को अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मिक्लाजुङ गाउँ समिति सर्वसहमत चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङकी जिल्ला कमिटि सदस्य शोभा प्याकुरेलले जानकारी दिईन् ।

www.jpg
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य होम गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समिति सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङको निर्वाचन समितिका अध्यक्ष उद्धव चन्द्र घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङका कार्यवाहक अध्यक्ष राजेश मास्के,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङका जिल्ला सचिव एवम निर्वाचन समितिका सचिव जय सिटौला सहित निवर्तमान केन्द्रीय सदस्य एवम मिक्लाजुङ गाउँपालिका ९ का निवर्तमान वडा अध्यक्ष सोमनाथ अधिकारी लगायतको विशेष उपस्थितिमा मिक्लाजुङ गाउँपालिकाको दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको हो ।

सम्बन्धित समाचार