सुनकोशी नदीमा “गोताखोर अनुशिक्षण” तालिम सम्पन्न

263 Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट स्थित सुनकोशी नदीमा “गोताखोर अनुशिक्षण” तालिम सम्पन्न भएको छ।सशस्त्र प्रहरी बल,नेपाल नं. ३ गढीमाई बाहिनी मकवानपुर बागमती प्रदेश र सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन वेश खुर्कोटको आयोजनामा १० दिन सम्म सञ्चालन भएको “गोताखोर अनुशिक्षण”तालिम बिहीबार सम्पन्न भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मकवानपुर बागमती प्रदेशले जनाएको छ ।
कार्यालयका अनुसार रामेछापको मन्थली नगरपालीकाका नगर प्रमुख लभ श्रेष्ठको प्रमुख आतिथ्यता तथा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार र सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशेष उपस्थितिमा “गोताखोर अनुशिक्षण”तालिम बिहीबार सम्पन्न भएको हो ।

WhatsApp Image 2026-05-28 at 2.52.38 PM.jpeg
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा जेष्ठ ४ गते देखि जेष्ठ १४ गते सम्म संचालन भएको“गोताखोर अनुशिक्षण”तालिममा जिल्ला विपद् व्यावस्थापन समिति सिन्धुलीको संयोजकत्व रहेको थियो भने श्री भवानी बक्स गण सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली र सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. सिन्धुलीको संयुक्त साझेदारी रहेको थियो ।
मनसुनजन्य विपद् सम्वन्धि संयूक्त प्रदर्शन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल,श्री नं.९ वाहिनी अड्डाका निमित्त बाहिनी पति महासेनानी अमृत थापामगर,सुनकोशी गाँउपालिकाका उप–प्रमुख कपिल कोईराला, गोलन्जोर गाँउपालिकाका उप–प्रमुख ज्वाला प्रसाद न्यौपाने,जिल्ला सुरक्षा समिति सिन्धुलीका प्रतिनिधिहरुका साथै जिल्ला सुरक्षा समिति रामेछापका प्रतिनिधिहरुहरुको विशेष उपस्थिति रहेको थियो।सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले मौसमजन्य विपद्को पुर्वसन्ध्यामा हरेक वर्ष मौसमजन्य विपद्बाट  ब्चन बचाउन प्रदर्शन गर्ने गरेको छ ।

सम्बन्धित समाचार