कांग्रेस सर्लाहीमा संस्थापनकाे बर्चस्व,ईतरका १ जना मात्र बिजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२९ गते   ४३९ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीकाे सभापतिका संस्थापन समूह बिजयी भएको छ । कांग्रेसकाे १४ अाैं जिल्ला अधिवेशन अन्तर्गत सभापति सहित पदाधिकारीकाे मतगणना सम्पन्न हुँदा संस्थापनबाट सुरेन्द्र प्रसाद सिह बिजयी भएका हुन । 
शनिबार मतदान गरि शनिबार रातिदेखि नै मतगणना सुरु भएको थियाे । आईतबार राती सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका सभापति उम्मेद्वार सिंह सहित एकजना बाहेक उक्त प्यानलका सबै उम्मेद्वार विजयी भएका नेपाली कांग्रेस सर्लाहीका युवा नेता ठाकुर प्रसाद बख्रेलले जानकारी दिनु भयाे ।उहाँका अनुसार संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार विजयी भएका छन् ।
सभापतिमा विजयी भएका सिंहले संस्थापन ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३ सय ८० बढी मत ल्याउनु भएको छ । ३ हजार २ सय ७५ मत मध्ये ३ हजार १ सय ७४  मत खसेकामा सिंहले १ हजार ७ सय ५८ मत ल्याउँदा रायले १ हजार ३ सय ७८ मत मात्र प्राप्त गर्नु भएको छ ।
त्यस्तै उप-सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७ सय ६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४ सय ९३ मतका साथ विजयी भएका छन् भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४ सय ७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३ सय १४ मत मात्र प्राप्त गरेका छन् । उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी लाेकप्रिय मत ल्याउने निवर्तमान सभापति नागेन्द्र कुमार रायका छाेरा डा. सराेजले ल्याएका छन् ।
त्यस्तै सचिबमा संस्थापनका निरज कार्की १ हजार ७ सय २६ र मनाेज यादव १ हजार ४ सय २६ मतका साथ विजयी भएका छन्। ईतरबाट सचिबका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४ सय १२ र नरेन्द्र भट्टराईले १ हजार ३ सय ९९ मत मात्र प्राप्त गरेका छन्  ।
त्यसैगरी सह-सचिवमा संस्थापनकै ईन्द्र बहादुर याेञ्जन १ हजार ७ सय ११ र सुनिल कुमार कुशवाहा १ हजार ५ सय ७९ मत सहित विजयी भएका छन् । ईतरका सुर्य बहादुर खड्का १ हजार ३ सय ६५ र दिनेश मिश्र १ हजार २ सय ३७ मत मात्र पाउँदा पराजित भएका छन्।
नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाएर चलाउने बताउनु भयाे । अब सदस्यहरुकाे मतगणना भने फागूपुर्णीमा (हाेली) पछि गर्ने विषयमा साेमबार दुवैपक्षसँग छलफल गरिने निर्वाचन अधिकृत नागेन्द्र कुमार सिंहले बताउनु भयाे । पटक पटक विवादका कारण सारिएको कांग्रेस सर्लाहीको महाधिवेशन यश पटक विवादरहित तरिकाबाट सम्पन्न भएको प्रति निर्वाचन अधिकृत सिहले कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरुलाइ धन्यवाद दिनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech