Close This

हरिवन १० मा ट्रककाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु,ट्रक र चालक प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२६ गते   १६६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १० नयाँरोड स्थित पुर्व पश्चिम लाेकमार्गमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्वरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका ९ का  अन्दाजी  ५० वर्षीय रामचन्द्र रायमाझीको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार रायमाझी मर्निङवाकका लागि निस्किएका थिए ।
साेमबार बिहान करिब ४ बजे ट्रककाे ठक्करबाट रायमाझीको घटनास्थलमै ज्यान गएको प्रहरीले  जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको  र दुर्घटनामा संग्लग्न ट्रक र ट्रकका चालक  ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा रहेका ईलाका प्रहरी कार्यालय हरिजनका प्रहरी प्रमुख  प्रहरी निरीक्षक मुकेश ताम्राकारलले जानकारी दिनुभयाे । पैदल यातीलाई ठक्कर दिएर ट्रक  सडकको बायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech