सर्लाहीकाे मलंगवा नगरपालिका १० गंगा पेट्रोल पम्प अगाडिबाट प्रहरीले लागू औषध गाँजा बरामद् गरेकाे छ ।
मलंगवा नगरपालिका १० स्थित गंगा पेट्रोल पम्प अगाडि नवलपुर-मलंगवा सडक खण्डबाट प्रहरीले लागू औषध गाँजा बरामद् गरेकाे हाे ।
मलंगवा नगरपालिका १० स्थित गंगा पेट्रोल पम्प अगाडि नवलपुर-मलंगवा सडक खण्डमा नेपाल प्रहरी र शस्त्र प्रहरी सिमा सुरक्षा बल(बिओपि) मलंगवाबाट खटिएको संयुक्त गस्ती टोलीले मलंगवाबाट नवलपुर तर्फ आँउदै गरेको बागमती प्रदेश- ३-०१-००६ ख १७०४ नम्बरको पानी बोक्ने गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त गाडीमा रहेको अन्दाजी ८० काटुन पानी भित्र प्लाष्टिकको बाेरामा लुकाई छिपाई राखेकाे अवस्थामा करिब २ क्वुन्टल लागू औषध गाँजा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए । उनका अनुसार ७ वटा बोरामा १४ पोका गरि अन्दाजी २ सय किलाे अर्थात २ क्वुनटल लागू औषध गाँजा बरामद् भएको हाे ।
प्रहरीको चाेकजाँच टाेलीलाई देखेपछि उक्त गाडीमा चालक फरार भएका र उनकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ । बरामद् गरिएको लागू औषध गाँजा जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।