लालबन्दी १ नवलपुरका २५ दलित परिवारलाई बंगुर र बाख्राका पाठा निःशुल्क वितरण

468 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सोमबार(आज) २५ घर दलित परिवारलाई बंगुर र बाख्राका पाठा निःशुल्क वितरण गरिएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाको सहयोगमा लालबन्दी नगरपालिका १ नवलपुरस्थित उजागर कृषि सहकारी संस्था लि.ले आर्थिक अवस्था कमजोर रहेका दलित समुदायका(मुसहर,चमार,विश्वकर्मा र पासवान)परिवारलाई बंगुर र बाख्राका पाठा निः शुल्क वितरण गरेको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरि बहादुर भट्टराई(हरिहर)ले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका १ का २१ दलित परिवारलाई दुई/दुईवटा बाख्रा र चार  परिवारलाई दुई/दुई वटा बंगुरका पाठा निःशुल्क वितरण गरिएको हो ।
अत्यन्त पिछडिएको दलित समुदायलाई आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बंगुर र बाख्राको पाठा निःशुल्क वितरण गरिएको उजागर कृषि सहकारी संस्थाका अध्यक्ष जितेन्द्र कुमार महतोले जानकारी दिए।उनका अनुसार मधेश प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने,उर्जा,सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,लालबन्दी नगरपालिका १ का वडाध्यक्ष भट्टराई, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका निमित्त प्रमुख उपेन्द्र सिंहलगायतको विशेष उपस्थितिमा बंगुर तथा बाख्राका पाठा निःशुल्क वितरण गरिएको हो ।निःशुल्क बंगुर र बाख्राका पाठाहरु पाएपछि लालबन्दी नगरपालिका १ का लाभग्राही दलित परिवार खुसी भएका छन् ।    

सम्बन्धित समाचार