कमलामाई मिडिया प्रा.लि.द्धरा सञ्चालित कमलामाई अनलाईन टि.भी.मा पत्रकार शंखर पहाडी(गौरब)ले इश्वरपुर नगरपालिका १४ का वडा अध्यक्ष सित कुमार महत्तोसंग गरिएको भलाकुसारीको सम्पादित अंश
प्र.जनप्रतिनिधि हुँदा र जनप्रतिनिधि नहुँदामा फरक के हुँदो रहेछ ?
बाहिर बसेर अरुले गरेको कामको आलोचना गर्न सजिलो हुने तर जिम्मेवारीमा आएपछि आफुले राम्रो काम गर्दै जाँदा पनि विपक्षीहरुबाट त्यसै प्रकारको अवरोध हुँदो रहेछ।बाहिर हुँदा केके न गर्छु भन्ने लाग्ने र जिम्मेवारीमा आएपछि विभिन्न किसिमका समस्याहरुले घेरेका कारण काम गर्न नसकिने तथा चुनौतीहरु थपिने गर्दाे रहेछ ।
प्र. इश्वरपुर नगरपालिकाका १५ वटा वडाहरु मध्य नेकपा(माओवादी केन्द्र)बाट निर्वाचत एउटा मात्रै वडा अध्यक्ष तपाई बहुमतले अल्पमतलाई गर्ने व्यवहार फरक छ की छैन् ?
फरक छ।हामी विभिन्न राजनीतिक दलबाट निर्वाचित भएर आएका छौँ।त्यसमा पनि नगर प्रमुख बहुमतमा रहेका कारण वडालाई दिने बजेट लगायतका सवालमा विभेद भएको छ ।नगर प्रमुखको बजेटबाट अन्य वडाहरुमा विभिन्न किसिमका कामहरु हुने साथै अरु वडाहरुलाई अलि बढी बजेर रमेरो वडालाई अलि कम बजेटविनियोजना गर्ने काम भएको छ । म अल्पमतमा रहेका कारण सबै प्रकारका गतिविधिहरुमा विभेद भएको छ ।
प्र. आफुमाथि भएको विभेदका सवालमा नगर कार्यपालिकामा छलफल भएको छकी छैन् ?
नेकपा(एमाले) र जसपा सहित मैले पटक पटक नगर प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएको भएपनि कार्यन्वयनमा आफु मात्रै एक्लै भएका कारण समस्या भएको छ।आफुहरुको कुनै कुरा नगर प्रमुखले नसुन्ने तथा अन्य पार्टीका जनप्रतिनिधिहरु पनि रातारात परिवर्तन हुँदा म एक्लै भएको छु।
प्र.तपाईको पार्टी नेकपा(माओवादी केन्द्र)बाट तपाईको समस्याका सवालमा समन्वयात्मक भूमिका केही भएको छ की छैन् ?
अहिलेको परिपेक्षमा पार्टीका कुनै तहका नेताहरुबाट समन्वयात्मक सहयोग पाएको छैन् ।इश्वरपुर नगरपालिकाको सवालमा कुरा गर्दा माओवादी केन्द्र प्रतिपक्षमा रहेका कारण हाम्रो पार्टीको भूमिका केही छैन् ।
प्र.तपाईको वडाको बजेट निर्माणमा प्राथमिकताका विषयहरु केके हुन ?
नेपाल कृषि प्रधान देश भएकाले पनि पहिलो प्राथमिकता कृषि,दोस्रो शिक्षा,तेस्रो स्वास्थ्य र चौथोमा सडक निर्माणको क्षेत्र रहेको छ।मैले हरेक आर्थिक वर्षमा बजेट निर्माण गर्दा वडाको आवश्यकता,बजेटको अवस्था र स्थानीय जनताको मागलाई छनोट गरेर वडाको कुल बजेटको २५ प्रतिशत कृषि क्षेत्रलाई प्राथमिकता दिएको छु र बाँकी रहेको रकम अन्य आवश्यकतामा खर्चिने गरिएको छ ।मेरो वडामा रहेको जनता मा.विलाई भौतिक अभाव छ । नगर प्रमुखको ध्यान पुगेको छैन् ।
प्र.इश्वरपुर नगरपालिका १४ का जनताले गरेको अपेक्षा के छ ?
नागरिकहरुको खासै ठूलो अपेक्षा छैन्।शिक्षा,स्वास्थ्य,सडक निर्माण र कृषि मिटरको माग छ । म आगामि आर्थिक वर्षको बजेटमा कृषि मिटरलाई प्राथमिकतामा राख्ने छु।क्रमागत रुपमा कृषि मिटरको समस्या समाधान हुँदै जाने छ।स्वास्थ्य,शिक्षा र सडकको अवस्था धेरै सुधार भएको छ।हिजोका दिनमा हिलाम्मे हुने सडकहरु अहिले कमसेकम ग्राभेल मात्रै भएपनि भएका छन्।वडा मै प्रसुति सेवा सहित स्वास्थ्य संस्थाको व्यवस्थापन भएको छ।शिक्षामा वडाको बजेट अनुसारको सुधार भएको छ ।तथापी पनि जनताको चाहना र मेरो योजना अनुसार काम गर्न सकेको छैन् ।
प्र.इश्वरपुर नगरपालिका १४ मा तपाईले गरेको कामको सन्तुष्टि प्राप्त गर्ने काम केहो ?
वडालाई प्रयाप्त मात्रामा बजेट छैन्।बजेट विनियोजन तथा अन्य सामाजिक काममा नगर प्रमुखबाट विभेद भएको छ ।जसका कारण म आफैँ पनि सन्तुष्ट छैन् ।
प्र. वडाका जनताको समस्या के कस्ता आउँछन् र समस्याधानका लागि तपाईको भूमिका केछ ?
वडाबासीलाई सबैकुरा वडा कार्यालय हो भन्ने छ।तर वडा कार्यालयलाई पनि विभिन्न कानुनी बाधा अड्चनहरु छन्।वडालाई सबै प्रकारका समस्या समाधान गर्ने अधिकार छैन् ।
प्र. आगामि आर्थिक वर्षको बजेट बनाउँदलै गर्दा नागरिकहरुसंग छलफल गरेर उनीहरुको माग समेटेर आउँछ की आफुखुसी बजेट सिलिङ बन्छ ?
वडाका जनताहरुको घरदैलोमा गएर उनीहरुसंग छलफल गरेर समस्या तथा मागहरु समेटेर सोही अनुसार बजेट सिलिङ बन्छ।हामी आफुखुसी बजेट सिलिङ् गर्दैनौँ।जनताबाट आएका मागहरुलाई नदोहोरिने गरी तयार पारेर सोही अनुसार बजेट सिलिङ हुन्छ ।तर माग अनुसार बजेट नआउँदा काम गर्न समस्या भई रहेको छ ।
प्र.वडाको विकास निर्माणका सवालमा प्रतिपक्षको सहयोग कतिको पाउनु भएको छ ?
सहयोग छैन्।राम्रो काम गर्न खोजदा पनि प्रतिपक्षबाट विभिन्न किसिमका भाँजो हाल्ने काम भएको छ।अनावश्यक मुद्धा मामिला हाल्ने गर्दा चाहे अनुसार काम गर्न सकिएको छैन् ।जनप्रतिनिधिहरुले बनाएको योजना अनुसार काम गर्न सक्नु र पाउनु हो भने इश्वरपुर नगरपालिका पाँच वर्षमा स्वर्ग बन्छ ।
प्र. इश्वरपुर नगरपालिकालाई समृद्ध बनाउन के गर्नु पर्छ ?
ज्वरो आएको बिरामीलाई सिटामोल खुवाउने हो मेट्रोनिडाजोल खुवाउने होईन्।यसको मतलाव दुरदर्शि भिजन भएको नगर प्रमुख भएभने इश्वरपुर नगरपालिका पाँच वर्षमा स्वर्ग बन्छ ।तर अहिलेको नगर प्रमुखबाट त्यो सम्भव छैन्।किनकी नगर प्रमुखले अनुपात्दक क्षेत्रमा बढी लगानी गर्ने गर्नु भएको छ।यसबाट इश्वरपुरको विकास र समृद्धि सम्भव छैन्।इश्वरपुर नगरपालिकामा ठूला भवन बनाएर इश्वरपुर नगरपालिका समृद्ध हुन सम्भव छैन्
प्र. जनप्रतिनिधि भएपछि भोगेको समस्या र चुनौतीहरु केके हुन?
चुनावमा गरेको बाचा पुरा भएको छैन्।त्यो मेरो लागि सबै भन्दा ठूलो चुनौती हो।योजना अनुसार बजेट अभाव छ।जसका कारण वडा बासीले चाहे जतिको काम गर्न सकिएको छैन् ।ठूलो सपना लिएर वडामा जितेर आएको थिएँ।त्यो सपना पुरा गर्न सकेको छैन् ।नगर प्रमुखले इश्वरपुर नगरपालिका १४ लाई नगर प्रमुखले आफ्नो नगर भित्रको वडा नरहेको झैँ कुनै किसिमको साथ सहयोग र सुझाब,सल्लाह समेत नदिनु पनि मेरो लागि चुनौती हो ।साथै वडाबासीहरुबाट कसैको उक्साहटमा नलाग्न र विकास निर्माणका काममा सहयोग गर्नु अनुरोध पनि गर्छु ।किनकी अबको स्थानीय तहको निर्वाचनमा अब इश्वरपुर नगरपालिका १४ को वडा अध्यक्षमा उठ्दीन्।तपाईहरु नै वडा अध्यक्ष बन्ने हो।म जिते हारे पनि नगर प्रमुखको रुपमा खडा हुने छु ।