विभिन्न संस्थाहरुद्धारा सञ्चालीत जिल्लाका योजनाहरुको अनुगमन

3.1k Shares

जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाको जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले अनुगमन गरेको छ । बागमती सेवा समाज नेपाल, हरिवन,युएन ह्याविट्याटको सहयोगमा संचालित पूर्ण सरसफाइ परियोजना, अक्सफामको सहयोगमा संचालित सुरक्षित खानेपानी परियोजना र आड्रा नेपालको सहयोगमा संचालित बर्थिङ सेन्टर स्तरोन्नति परियोजनाका गतिविधिहरुको स्थलगत अनुगमन गरी लक्षित वर्गसँग अन्र्तक्रिया गरिएको छ ।
लक्षित वर्गलाई सुरक्षित खानेपानी उपलब्ध गराउन र सरसफाइ सम्बन्धी बानी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको अनुगमनको क्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले बताउनु भयो । जिल्लाको हरिवन नगरपालिका ८ स्थित मिलीजुली नमुना सरसफाइ वस्तीको अवलोकन पछि प्रमुख चौधरीले “सरसफाइ र स्वच्छताका लागि सरकारद्वारा भएको प्रयासलाई सफल बनाउन, खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गरी लागु गर्न र व्यक्तिको आनीबानीमा परिवर्तन ल्याउन यस प्रकारका कार्यक्रमहरुको धेरै महत्व राखेको ” बताउनु भयो ।
यसैगरी हरिपुर नगरपालिकाको पिडारीमा संचालित खानेपानी आयोजनाको पनि अनुगमन गरिएको छ । सर्लाहीका  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गाउँका ८ सय ६६ घरधुरीलाई पिउने पानीमा जनताको पहुँच पु¥याउने योजना स्वागतयोग्य भएको बताउनुभयो । समुदायको वृहत्तर विकासका लागि संस्थाले संचालन गरेको कामको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले “लक्षित वर्गको सशक्तिकरण र उनीहरुलाई खानेपानी, सरसफाइ, स्वास्थ्य, जीविकोपार्जन आदि क्षेत्रमा सहयोग गरी देखिने प्रकारका कामहरु संचालन गरेर संस्थाले समुदाय र राष्ट्रको विकासमा गरेको योगदान सह्रानीय रहेको बताउनु भयो ।”
आड्रा नेपालको सहयोगमा संस्थाले हरिवन नगरपालिका वडा नं. ८ मा स्तरोन्नतिको काम गरि रहेको र सो बर्थिङ सेन्टर भवनको समेत अनुगमन गरिएको थियो । अनुगमन टोलीमा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ, हरिवन नगरपालिका ८ का वडा अध्यक्ष यज्ञ विनोद ढुंगेल, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, कार्यक्रम प्रवन्धक दिवाकर झा, लगायतको  सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार