सर्लाही प्रहरीले ठुलाे मात्रामा अवैध तेलहन सामान सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।लालबन्दी नगरपालिका २ स्थित नवलपुर मलंगवा सडक खण्डबाट ग १ ख ३५९५ नम्बरकाे ट्रकमा लाेड भएको चार हजार किलाे आलस र एक हजार पाँच सय किलाे तिल बिल बिजक नभएको अस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका २ ब्रम्हस्थान नजिकै भित्रि सडक खण्डमा सवारी दुर्घटना भएको खबर प्राप्त हुनासाथ पुगेकाे प्रहरी टोलीले बरहथवा नगरपालिका ५ का साेही ट्रकका चालक अन्दाजी बर्ष २३ का अनिल महतो सहित ट्रकलाई नियन्त्रणमा राखि आवश्यक अनुसन्धान गर्दा ट्रकमा बिल बिजक नभएको आलस र तिल फेला परेकाे हाे । नियन्त्रणमा लिएको आलस र तिल अन्दाजी बजार मूल्य रु १८ लाख ९५ हजार बराबरकाे रहेकाे प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक सहित सामान आवश्यक अनुसन्धान र कार्बाहीकाे लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।