सर्लाहीको ईश्वरपुर नगरपालिकाले नगरका करिब २ सय जना पशुपालक किसानहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेकोे छ । ईश्वरपुर नगरपालिकाको पशु सेवा शाखाको परिसरमा चालु आवकोे लागि पहिलो पटक सुत्केरी भत्ता वितरण गरिएको नगर प्रमुख मनोज कुमार देवकोटाले जानकारी दिनु भयो ।
व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानहरुलाई प्रोत्साहन स्वरुप एक सुत्केरी पशुका लागि रु १ हजार ५ सयका दरले नगरका करिब २ सयवटा सुत्केरी गाईभैसीँको सुत्केरी भत्ता र घाँसको बीउ वितरण गरिएको ईश्वरपुर नगरपालिकाको पशु सेवा शाखाका प्रमुख शिकारी साहले जानकारी दिनु भयो ।
नगरपालिकाका नगर प्रमुख देवकोटा, उपप्रमुख एकावती देवी चौधरी, पशु सेवा शाखाका प्रमुख साह लगायतको उपस्थितिमा नगरका किसानहरुलाई पशु सुत्केरी भत्ता वितरण गरिएको इश्वरपुर नगरपालिकाले जनाएको छ ।