सर्लाहीका छ जना ट्राफिक प्रहरी कर्मचारीलाई पुरस्कार वितरण

179 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले छ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।दरवन्दी अन्यन्त्र रहेका भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र मातहतका ट्राफिक प्रहरी युनिटहरुमा कार्यरत रहेका विभिन्न दर्जाका छ जना प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरि पुरस्कृत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।उनका अनुसार प्रहरी नायव निरीक्षक रविन्द्र खड्का सहित प्रहरी सहायक निरीक्षक शम्भु राय यादव,प्रहरी सहायक हबल्दार सन्तोष विष्ट सहित प्रहरी जवानहरुमा डम्बर दिप कार्की,शिवम साह र  मनिता गिरी रहेका छन् ।
उनीहरुलाई नेपाल प्रहरी संगठनको विभागिय नीति अनुरुप आफुले पाएको जिम्मेवारी जिम्मेवारपूर्ण तरिकाले पुरा गरेको भन्दै पुरस्कृत गरिएको हो।तर सर्लाही तथा मधेश भन्दा बाहिर दरबन्दी रहेका र सर्लाहीमा कार्यरत रहेका साथै सर्लाही आएको एक महिना समेत नभएका प्रहरी कर्मचारीहरु पुरस्कृत हुँदा जिल्ला मै दरवन्दी रहेर प्रहरी संगठनको आचरण अनुसार काम गर्ने प्रहरी कर्मचारीरहरुको मनोवल खस्केको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार