सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको एक किराना पसलको गोदाममा राजश्व अनुसन्धानको टोलीले छापा मारेको छ । हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरले परिचित सन्तोष साहको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिले भन्सार छली सामानहरु ल्याउने र कारोबार गर्ने गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीको टोलीले घेरा हालेपछि सन्तोष डिलरको नामले परिचित सन्तोष साहसंग विवाद सृजना समेत भएको थियो ।
रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक साहसंग विवाद भए पछि प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीलाई बोलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।उनका अनुसार अहिले राजश्व अनुसन्धानको टोली र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले गोदाममा रहेको सामान गणना गरि रहेका छन् ।
भन्सार छली हरियो केराउ तथा चिनी ल्याउँदै गर्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पछ्याउँदै गोदाममा आएको र रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक साहले विवाद गरेपछि राजश्व अनुसन्धान कार्यालय पथलैयाका शाखा अधिकृत नारायण खत्रीको नेतृत्वमा सहायक प्रमख जिल्ला अधिकारी होम प्रसाद घिमिरे,प्रहरी उपरीक्षक सुवेदी,सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी सहितको टोलिले सामानको गणना गरि रहेका छन् ।रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिको गोदाममा रहेको सामान गणनास्थलमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको हाम्रा सहकर्मी रमेश अधिकारी(रितिक)ले जानकारी दिए ।जसबाट पनि सामान गणनास्थलमा रहेको टोलीमाथी आशंका गर्ने अवस्था सृजना भएको छ ।