Close This

लालबन्दी ६ मा  जंगली जनावरको आक्रमणबाट ७ वटा बाख्रा मारिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-११ गते   २५९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ लेकाली चौरीमा जंगली जनावरले ७ वटा बाख्रा मारेको छ । दिनभर जंगलमा मानिस बसेर चराएको र साँझ घर आउने समयमा छोडेर आएको तर बाख्रा साँझमा पनि घर नआएपछि खोजी गने क्रममा मंगलबार बिहान मृत अवस्था फेला परेका लालबन्दी नगरपालिका ६ का जोग बहादुर मोक्तानले बताउनु भयो ।
जोग बहादुर मोक्तनको १,पुनम कुमारी लामाका ३ वटा,शुक्रानी लामाका ३ वटा बाख्रा चितुवाले मारेको उनिहरुले बताएका छन । साँझमा बाख्रा घर नआएपछि खोजतलास गर्ने क्रममा ७ वटा बाख्रा मृत अवस्थामा फेला परेका र अर्काे १ वटा बाख्राको टाउँको तथा गर्धनमा चोट रहेको पुनमले बताउनु भयो । 
बाख्रा खोजी गर्न जाँदा चितुवाको पाईला देखा परेको स्थानिय बासीले बताएका छन ।बाख्रा,खसि तथा बोकाको टाउँको तथा गर्धनमा चोट फेला परेको छ । विगत केहीदिनदेखि बाहुनी डाडा लगायतका स्थानमा यस्ता घटना घट्ने गरेको सुनेर आजभोली बजारभन्दा करिब २ किलोमिटर नजिकैका बस्तीको नजिकै पनि जंगली जनावरले पशु चौपायमाथी आक्रमण गर्न थालेपछि आफुहरु दिनप्रति दिन असुरक्षित हुन थालेको स्थानिय जोग बहादुरले बताउनु भयो।  आज पशु चौपायमाथी आक्रमण सुरु गरेको जंगली जनावरले भोलीका दिनमा मानिसमाथी पनि आक्रमण गर्ने भन्दै डिभिजन वन कार्यालय र स्थानिय प्रहरी प्रशासनले विशेष ध्यान दिई जंगली जनावरलाई गाउँ पस्नबाट जोगाउने खालका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको जोग बहादुरले बताउनु भयो ।
भने वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले आफुलेसम्बन्धीत निकाय समक्ष यस विषयमा छलफल गर्ने बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech