Close This

दुधौलीका ७६ जनाको कोरोना नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२४ गते   २८३ पटक हेरिएको

सिन्धुलीको दुधौली नगरपालिकाका ७६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । हालसालै भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गरेर परिक्षण गर्दा कोरोना भा ईरस नेगेटिभ देखिएको हो ।

भारतबाट आएर क्वारेन्टाईनमा बसेका ६४ जना र अग्रपंक्तीमा रहेर काम गर्ने १२ जनामा कोरोना भाईरस नेगेटिभ आएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो । उनीहरु सबैको गत विहिवार स्वाब संकलन गरी किटजन्य प्रयोगशाला हेटौँडामा परिक्षण गर्न पठाईएको थियो ।

भारतबाट आएका ६४ जना दुधौली नगरपालिका स्थित कमला बहुमुखी क्याम्पस र कमला मा. वि भलुवाही क्वारेन्टाइनमा बसेका थिए । उनीहरु सबै रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउने तयारी भईरहेको नगरप्रमुख राउतले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech