ईश्वरपुरमा १६० जना ज्येष्ठ नागरिकलाई सम्मान,हरिपुरमा ३६८ जनाको निःशुल्क आँखा जाँच

341 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ८ रामपुरमा एक सय ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।इश्वरपुर ८ ले वडाभित्रका ७० वर्ष उमेर पुुगेका एक सय ६० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको इश्वरपुर नगरपालिका ८ का वडा अध्यक्ष श्याम बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालय रामपुर परिसरमा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर च्यामन प्रास तथा बिस्कुट वितरण गरी सम्मान गरिएको हो ।ज्येष्ठ नागरिक प्रति सम्मान र सेवाभाव जागृत गर्ने उद्देश्यसहित सम्मान गरिएको वडाध्यक्ष थापाले बताए ।
इश्वरपुर नगरपालिकाले समय समयमा नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई विभिन्न किसिमका सम्मानहरु गर्दै आएको छ ।
त्यसैगरी,सर्लाहीको हरिपुर नगरपालिका २ का तीन सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ।हरिपुर नगरपालिका २ स्थित रहेको ग्रामीण नारी उत्थान संघमा आयोजित आँखा शिविरमा तीन सय ६८ जनाको निःशुल्क आँखा परिक्षण गरिएको हो । 
तिलगंगा आँखा अस्पतालको शाखा मकवानपुरको हेटौंडास्थित रहेको हेटौँडा सामुदायिक आँखा अस्पतालसँग समन्वय गरी राखिएको शिविरमा तीन सय ६८ जनाको आँखा जाँच गर्दा ६४ जनामा मोतिया विन्दु फेला परेको हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल कुमार पञ्जियारले जानकारी दिए ।e.webp
 उनका अनुसार मोतिया बिन्दुुका ति बिरामीलाई हेटौंडा लगेर निःशुुल्क मोतिया विन्दुको अप्रेसन गर्ने प्रवन्ध मिलाइएको छ ।शिविरमा हरिपुर नगरपालिका सहित छिमेकी पालिकाका स्थानीयले सेवा लिएका आयोजकले जनाएको छ ।मोतिया विन्दुको समस्या देखिएका आँखाका बिरामीहरुका लागि हेटौँडा  जान आउनका साथै त्यहाँ उपचार तथा अप्रेसन समेत निःशुलक गरिएको नगर प्रमुख पञ्जियारले बताए ।

सम्बन्धित समाचार