Close This

पीडामा रहेका अन्नदाताहरुलाई मुठ्ठी दान गर्न पुवै प्रदेश प्रमुख डा.झाको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-४ गते   ४० पटक हेरिएको

वेमौसमी वर्षाका कारण देशभरका किसानहरूमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश झा(अहिराज)ले आग्रह गर्नु भएको छ । वेमौसमी भारी वर्षाका कारण अर्बौँको धान बाली नष्ट भएको छ भने ८८ जनाको ज्यान गएको र कैयौँ जना बेपत्ता भएका भन्दै अन्नदाताहरुको पीडामा मल्हम लगाउन उहाँले आग्रह गर्नु भयो ।
यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सद्भाव देखाउनुपर्ने भन्दै अन्नदाताहरुको पीडालाई आफुहरुल टुुलुटुलु रहेर बस्न नहुने उहाँको भनाई छ  । यसबाट सबभन्दा बढी मारमा किसानहरू परेकाले नेपालीहरूले आफ्ना अननदाताहरुलाई सहयोग गर्नुपर्ने उहाँको धारणा छ । डा.झाले प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गर्दै एक भिडियो सन्देश समेत जारी गर्नु भएको छ । उहाँले ‘पीडामा रहेका धेरै किसानहरूसँग आफुले भेटेको, खेत बालीमै गएको, बताउँदै उहाँले अन्नदाताहरुको पीडाका कारण आफ्नो मन पनि पीडित बनेको बताउनु भएको छ । किसानहरूको परिवारमा एक खालको पीडा, भविष्यको चिन्ता, भोलि के खाने, लालावालालाई कसरी पाल्ने, जीवन कसरी धान्ने भन्ने पीडा रहेको आफुले स्थलगत रुपमा अनलोकनमा जाँदा भेटेको बताउनु भएको छ ।’
किसानहरूको पीडाबारे बोल्दै उहाँले, ‘अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन । हामी सबै नेपालीहरू जहाँ र जसरी भए पनि किसानहरूका लागि मुठ्ठिदान गरौँ । तपाईँ हाम्रो सहयोग र साथले किसानका अनुहारमा खुसी आउँछन् ।’ डा.झाले बताउनु भएको छ । उहाँले अन्नदाताको आँसु पुछ्न, अनुहारमा खुसी ल्याउन र खानको व्यवस्था गरिदिन नेपालीहरू सक्षम रहेको बताउँदै सबैले चाहेमा यो असम्भव नरहेको जिकिर गर्नु भयो ।‘म सबै नेपालीहरूलाई हात जोडेर बिन्ती गर्न चाहन्छु कि किसानहरूलाई परेको यो पीडा र दुःखमासाथ दिऔँ,’ उहाँले आफ्नो सन्देशमा भन्नु भएको छ ।
‘हामी तपाइसँग छौँ भन्ने किसानलाई हौसला दिनका लागि अब घरबाट पाइला बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको’, पुर्व प्रदेश प्रमुख डा.झाले बताउनु भयो । उहाँ प्रदेश प्रमुख रहँदा पनि किसानहरुका घरदैलोमा पुगेर किसानहरुका पीडा सुनने काममा तल्लीन रहनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech