कोरोना संक्रमणबाट प्रदेश २ मा एकैदिन ३० जनाको ज्यान गयो, सर्लाहीमा १९ जनाको मृत्यु

2.4k Shares

  विश्वव्यापी माहामारीको रुपमा फैलिएको(कोभिड–१९) को संक्रमणबाट सर्लाहीमा १९ जनाको ज्यान गएको छ । भने ६ सय ७० जना संक्रमित भएका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार ८ सय १९ जनाको पिसिआर परिक्षणमा ५ सय ३४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन परिक्षणमा ३ सय ८६ जना मध्ये ९३ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । सर्लाहीमा पिसिआर र एन्टिजोन गरी जम्मा परिक्षणको सख्या १ हजार २ सय ५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ सय ७० पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवन कुमार नायकले जानकारी दिनु भयो । जिल्ला वाहिरबाट पनि सर्लाहीका कोरोना संक्रमित थपिएकोले विवरणमा केही हेरफेर हुन सक्ने उहाँले बताउनु भयो ।
त्यसैगरी कोरोना संक्रमणबाट सर्लाहीका १ जनासहित प्रदेश २ का विभिन्न जिल्लामा ३० जनाको आईतबार ज्यान गएको छ । प्रदेश २ का  ८ वटा जिल्लाहरु मध्ये सबै भन्दा धेरै धनुषामा १० जना कोरोना  संक्रमितको ज्यान गएको छ । भने पर्सामा ७, बारामा ७, महोत्तरीमा ३, रौतहट तथा सर्लाहीमा एक÷एक जना र एक भारतीय नागरिकसहित ३० जनाको ज्यान गएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा १०, वीरगंज हेल्थकेयरमा २, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १÷१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको हो ।

सम्बन्धित समाचार