बागमतीकोभरत तालमा माछा मार्न गएका युवक डुबेर बेपत्ता

3k Shares

सर्लाहीको बागमती नगरपालिका–१२, मा निर्माणाधीन अवस्थामा रहेको भरत तालमा डुबेर एक युवक बेपत्ता भएका छन् । साथीहरुसँगै तालमा माछा मार्न गएका बागमती नगरपालिका  १ को १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएका हुन् ।
शनिवार तालमा डुबेर बेपत्ता भएका थापाको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिह राठौरले जानकारी दिनुभयो ।
थापासँगै अन्य ६÷७ जना युवा तालमा माछा मार्न गएका बुझिएको छ । थापा बाहेक अरु युवा सकुशल बाहिर निस्किएका प्रहरीले जनाएको छ । बागमती नगरपालिकाले १ सय २१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ । बागमती नदीको पानी ल्याएर हालिएको तालमा माछा मार्नका लागि स्थानीयहरु पुग्ने गरेका थिए ।

सम्बन्धित समाचार