Close This

अज्ञात समूहले राखेको बम नेपाली सेनाद्धारा डिष्पोज 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-६ गते   ५७१ पटक हेरिएको

सर्लाहीको सागरनाथ वन विकास परियोजनाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाले बिहीबार डिष्पोज गरेको छ । परियोजनाको अतिथि गृह नजिकै राखिएको पे्रसर कुकर बम बिहिवार नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटिएको तालिम प्राप्त बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

दिउँसो ३ः३० बजेतिर परियोजनाभित्र बम फेला परेको सूचना पाएपछि सेनाको टोली घटनास्थलमा पुगेको थियो । सेनाले घटनास्थलको अवस्था बुझी बम डिष्पोज गरेको जनाएको छ । त्यहाँ बम राख्ने समूहको पहिचान हुन सकेको छैन् । अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । परियोजनामा पटक–पटक चन्दा माग्ने काम हुँदै आएको स्रोतले बताएको छ । बम विप्लव समुहले राखेको हुन सक्ने अनुमान सहित प्रहरीले अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech