कौडेनाको आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट ३४ करोड भन्दा बढी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-६ गते   ५३५ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको कौडेना गाउँपालिकाले १० औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय,नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै गाउँसभाको उद्घाटन गरेको छ ।
कौडेना गाउँपालिकाले १० औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय,नीति तथा कार्यक्रमहरु गाउँपालिकाका अध्यक्ष  रुपेश कुमार यादवले  प्रस्तुत गर्दै १० औं गाउँसभा उद्धघाटन गरेका हुन ।
शिक्षा,स्वास्थ्य,रोजगारी,उद्यमशिलता,सामाजिक विकास,युवा तथा खेलकुद,भौतिक पूर्वाधार विकास,सार्वजनिक यातायात,खानेपानी तथा सरसफाइ,विपद व्यवस्थापन,न्याय निरुपण र मानवअधिकार प्रबद्र्धनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८०/०८१ को कौडेना गाउँपालिकाको अनुमानित बजेट रु ३४ करोड ७३ लाख ७७ हजार ६ सय प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
आर्थिक वर्ष २०८०/०८१ को लागि चक्रघट्टा गाउँपालिकाको कुल बजेट रु रु ३४ करोड ७३ लाख ७७ हजार ६ सय अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी दिए । यससंगै जिल्लाका २० मध्य दुई स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय,नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech