लायन्स क्लब लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबले लालबन्दी नगरपालिका १२ जियाजोरका एक अशक्त दलित परिवारलाई खाद्यान्न सहयोग गरेको छ।लालबन्दी नगरपालिका १२ जियाजोरका मेरुदण्ड भाँचिएपछि हिँडडुल गर्न नसक्ने भई थलिएका रामबहादुर वि.कको परिवारलाई दशैँका लागि खाद्यान्न सहयोग गरिएको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए।उनका अनुसार केही वर्षअघि घर बनाउने क्रममा छतबाट खसेर वि.क.को मेरुदण्ड भाँचिएको थियो। विपन्न वि.क.परिवारलाई दशैँका लागि खाद्यान्न सहयोग गरिएको हो ।
अशक्त वि.क.को परिवारमा दुईवटा छोरा,एउटा छोरी,आमा र श्रीमतीमध्ये एउटा छोरा र एउटा छोरी अशक्त रहेका छन्।वि.क.को परिवारलाई एक महिनाअघि स्थानीय युवाहरु मिलेर घर निर्माण गरि दिएका लालबन्दी नगरपालिका १२ का वडा अध्यक्ष दुर्गा बहादुर आलेले जानकारी दिए ।