Close This

अखिल (क्रान्तिकारी) सर्लाहीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१७ गते   १०६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रतिगमनको विरुद्धमा प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्री ओलीले एक पछि अर्काे गर्दै गैर कानुनी र राष्ट्रघाती कमद गरेको भन्दै अखिल (क्रान्तिकारी)ले प्रतिगमनको विरुद्धमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
प्रधान्मन्त्री ओलीले भारतलाई खुसी पार्न चुरे बेच्ने,जनजीविका माथी खेलवाड गर्ने लगायतका काम गरेको भन्दै आफुहरुले बाध्य भएर प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नु परेको अखिल (क्रान्तिकारी) सर्लाही संयोजक विवेक मैनालीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रममा अखिल (क्रान्तिकारी)का प्रदेश सह संयोजक बिश्वमणि थापा, केन्द्रिय सदस्य संजय कुमार महतो, विद्यार्थी स्वयंसेवक बिभागका प्रदेश संयोजक किरण श्रेष्ठ, सर्लाही जिल्ला संयोजक विवेक मैनाली,सह संयोजक रन्जित सहनी लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech