Close This

म्यादी प्रहरीका लागि लिखितमा आधा भन्दा धेरै असफल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२२ गते   ३१०६ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आवेदन दिएका १० हजार ५ सय ६५ जनामध्ये लिखित परीक्षासम्म आईपुग्दा आधाभन्दा निकै कममात्र उत्तीर्ण भएका छन् ।आगामी बैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनमा खट्न म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका आधा भन्दा कम मात्र उत्र्तिण भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रकाशित गरेको लिखित परीक्षाको नतिजा अनुसार ३ हजार ७ सय ८२ जना उत्तीर्ण भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार पुरुषतर्फ ३ हजार १ सय ६० र महिलातर्फ ६ सय २२ जना उक्तिण भएका हुन् । लिखित परीक्षामा ४ हजार ८६ पुरुष र ६ सय ७८ महिला सहभागी भएका थिए ।
म्यादी प्रहरीका लागि आवेदन दिएका ९ सय ४६ महिला सहित १० हजार ५ सय ६५ मध्ये स्वास्थ्य परीक्षण तथा शारिरिक तन्दुरुस्तीमा आधाभन्दा बढी अर्थात ५ हजार ८ सय १ जना फेल भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले स्थानीय निकायको निर्वाचन २०७९ का बैशाख ३० का लागि सर्लाहीमा  ३ हजार ८८ जना म्यादी प्रहरी छनौट गर्ने छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले म्यादी प्रहरी छनौट गर्नका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षा अधिकृत समेत रहेको छनौट उप समिति गठन गरेको र सोही उप समितिले छनौटको काम गरिरहेको उप समितिका सदस्य सचिव कृष्ण गिरीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech