पासवानको अध्यक्षतमा ३१ सदस्यीय योङ्ग कम्युनिस्ट लिग(वाईसियल)नेपाल लालबन्दी नगर कमिटि चयन

379 Shares

नेकपा(माओवादी केन्द्र) निटक योङ्ग कम्युनिस्ट लिग(वाईसियल)नेपाल लालबन्दी नगर कमिटिको दोस्रो नगर सम्मेलनले मोहन पासवानको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटि चयन गर्दै सम्पन्न भएको छ ।कमिटिको उपा अध्यक्षमा विनोद थिङ र कमला वि.क.,सचिवमा गौरब थापा,सह सचिव लुङ्कु ब्लोन र कोषाध्यक्षमा जुनु बलोन(तामाङ) सहित ३१ सदस्यीय योङ्ग कम्युनिस्ट लिग(वाईसियल)नेपाल लालबन्दी नगर कमिटि चयन भएको योङ्ग कम्युनिस्ट लिग(वाईसियल)नेपाल सर्लाहीका सचिव घम कुमार श्रेष्ठ(राज कुमार)ले जानकारी दिए ।

y1.jpg
योङ्ग कम्युनिस्ट लिग(वाईसियल) नेपाल लालबन्दी नगर अध्यक्ष जितेन्द्र पासवानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य प्रल्हाद बुढाथोकी, सर्लाही इन्चार्ज अच्युतम प्रसाद काफ्ले,केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन) र प्रमोद शाह लगायतले सम्बोधन गरेका योङ्ग कम्युनिस्ट लिग(वाईसियल)नेपालका केन्द्रीय सचिव समीर बराईलीले जानकारी दिए ।वाईसियल नेपालले देश भरका स्थानीय तहहरुका साथै ७७ वटै जिल्लाहरुमा आफ्नो अधिवेशन तथा सम्मेलन धमाधम गरि रहेको छ ।

सम्बन्धित समाचार