Close This

लालपुर्जाको बाहनामा सरकारी वन अतिक्रमणको चपेटामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२९ गते   ३३८४ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका १ मा रहेको लखनदेही कवुलियती वनको जग्गा अतिक्रमणको चपेटामा परेको छ । लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको कवुलियती वनको रुख कटान गरि बेचेर सो क्षेत्रको करिब २ हेक्टर जग्गा विक्रि वितरण गरिएको पाइएको छ । 
कवुलियती वनको रुख कटान गरि सो क्षेत्रको करिब २ हेक्टर जमिन विक्रि वितरण गरी रु ५० लाख बराबरको रकम केही मानिसहरुले अनियमितता गरेको पाइएको छ । कवुलियती वनका सदस्यहरु सिताराम सहनी र राजाराम सहनी मिलेर सो क्षेत्रको रुख कटान गरि खाली रहेको जमिन प्रति कठ्ठ रु ६० हजार देखि रु ८० हजार सम्ममा विक्रि वितरण गरिएको पाइएको हो । 
कवुलियती वनको रुख कटान गरि विक्रि वितरण गर्न लागेको भनने सुचनाको आधारमा पुगेको डिभिजन वन कार्यालयको टोलीले सो षेत्रबाट कटान गरिएको काठ  नियन्त्रणमा लिउको छ  भने सो क्षेत्रमा जग्गा विक्रि वितरण नगर्न  रोक लगाएको छ ।
तर स्थानियबासीका अनुसार सो क्षेत्रको जग्गा विक्रि वितरण गरिएको जग्गाको रकम लालबन्दी नगरपालिका १ को कार्यलयमै भागबण्डा हुने गरेको पाइएको छ ।  वडा अध्यक्ष पञ्चलाल स्यांवो,कवुलियती वनकी अध्यक्ष राजकुमारी देवी महतो मिलेर कवुलियती वनको रुख कटान गरि सो क्षेत्रमा बस्ती बसाल्ने काम सुरु गरिएको पाइएको हो । 
नेपाल सरकारले सुकुम्वासी तथा भुमिहिनहरुलाई व्यावस्थापन गर्ने काम सुरु गरेपछि सरकारी जग्गा अतिक्रमण गरि व्यक्तिको नाममा लालपुर्जा बनाउने काम सुरु गरिएको हो । आफुहरुले कवुलियती र सामुदायिक वनको जग्गा पर्ने भन्ने थाहा नभएर सिफारिस दिएको वडा अध्यक्ष स्यांवोले बताउनु भयो । त्यो क्षेत्रमा वि.सं.२०५०÷०५२ सालदेखि नै सुकुम्वासीहरु बस्दै आएका कारण आफुहरुलाई वनको जग्गा पर्छ भन्ने नलागेको उहाँले बताउनु भयो । उहाँका अनुसार सो क्षेत्रमा पहिला देखि नै मानिसहरुको बसोबास रहेको र प्रतिव्यक्ती ५धुर देखि ४ कठ्ठा सम्म जग्गा भोगचलन गरि रहेको र त्यसैको आधारमा वडा कार्यालयले सिफारिस गरेको हो ।
यता,डिभजन वन कार्यालयको टोलीले घटना स्थलमा पुगेर  सो क्षेत्रमा काटिएको काठ नियन्त्रणमा लिएको र सर्जिमी मुचुल्का बनाएर भोगचलनमा घरधुरी बसी सकेका बाहेकलाई सिफारिस नदिन निर्देशन दिएको वडा अध्यक्ष स्यांवोले बताउनु भयो । डिभिजन वन कार्यालयले सोक्षेत्र वनकै क्षेत्र रहेको ठकर गर्दै सो क्षेत्रमा घरधुरी बनाई बसोबास गरि रहेकाहरु बाहेकलाई जग्गाको सिफारिस नदिन निर्देशन दिएको बवुलियती वनकी अध्यक्ष राजकुमारी देवीले बताउनु भयो । 
 सो क्षेत्रमा बसोबास गरि रहेका नागरिकहरुले ऐलानी जग्गा भएपनि वि.सं.२०५०÷०५२ सालदेखि नै राजश्व तिरि रहेको पाइएको लालबन्दी नगरपालिका १ को कार्यालयले जनाएको छ । तर सोक्षेत्रमा रुख कटान गरि जग्गा विक्रि वितरण गरि रहेको भन्ने विषयमा आफुहरुलाई जानकारी नभएको उहाँहरुले बताउनु भयो ।  
यता डिभिजन वन कार्यालयले कवुलियती वनको रुख कटान गरि जग्गा विक्रि वितरण गर्नेहरुको विरुद्धमा आवश्यक अनुसन्धान जारी रहेको बताएको छ ।  वनकी अध्यक्ष र वडा अध्यक्षलाइृ समेत जानकारी नै नदिई रुख कटान गरि रुख,काठ दाउरा तथा सो क्षेत्रको जग्गा विक्रि वितरण गर्ने दाजुभाई सहनीद्धयका विषयमा गहन अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech