Close This

मिटरब्याजी श्याम प्रदेशीविरुद्ध ३ करोड २१ लाख बिगो माग गर्दै मुद्दा दायर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२५ गते   १४७४ पटक हेरिएको

जिल्लाका मिटरब्याजी श्यामकृष्ण शाह(श्याम परदेशी)विरुद्ध करिब रु ३ करोड भन्दा बढी रकम बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले शाहविरुद्ध केही दिनअघि करिब रु ३ करोड २१ लाख बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।
विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका २ स्थायी घर भएका शाहले आफूसहित पत्नी,छोराछोरी,बुहारी,ज्वाइँ लगायतका नामबाट ४८ जना सर्वसाधारणलाई रु १ करोड १ लाख ९२ हजार ऋण लगानी गरेका थिए। शाहले उनीहरूबाट ब्याज मात्रै रु १ करोड ५३ लाख ३१ हजार लिएको विभागको दाबी छ ।
ब्याज र साँवासहित अन्य चलअचल सम्पत्ति जोडेर रु ३ करोड २० लाख ९२ हजार ६ सय ५८ बिगो दाबी गरिएको विभागले जनाएको छ । मुद्धामा उनकी पत्नी मन्जु देवीलाई पनि प्रतिवादी बनाइएको छ ।
उनको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा रु ६५ लाख ६५ हजार ३ सय ५५ बिगो दाबी गरिएको विभागले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech