सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको श्रीराम बचत तथा ऋण सहकारी संस्था लि.ले “लाभांश हिनामिनामा सहकारीका अध्यक्ष,प्रवन्धक र घरधनीको मिलेमतो रहेको शेयर सदस्यहरुको आरोप”शिर्षकमा प्रकाशीत समाचार प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ ।
कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमला टाइम्स दैनिक पत्रिका र कमलामाईखबरडटकम नामक अनलाईन पत्रिकालाई शेृयर सदस्यहरुले गरेको गुनासोलाई लिएर “लाभांश हिनामिनामा सहकारीका अध्यक्ष,प्रवन्धक र घरधनीको मिलेमतो रहेको शेयर सदस्यहरुको आरोप”शिर्षकमा समाचार प्रकाशन गर्ने समयमा सहकारीका अध्यक्ष राम प्रमोद महतोलाई फोन गर्दा फोन नउठेपछि समाचार प्रकाशन भएको थियो तर सहकारीले कुनै सम्पर्क नै नगरी समाचार प्रकाशन गरिएको भनिएको भएपनि सहकारीका अध्यक्ष महतोलाई फोन गर्दा फोन नउठेपछि र शेयर सदस्यहरुले लाभांश वितरणमा अनियमितता गरेका तथा आफ्नो शेयर फिर्ता माग्दा नदिएपछि मिडियामा आएको बताएपछि प्रकाशन गरिएको समाचारलाई लिएर शेयर सदस्यहरुलाई भ्रममा नपर्न भन्दै विज्ञप्ती जारी गरेको हो ।
सहकारीका अध्यक्ष महतोले समाचार प्रकाशन पुर्व फोन गर्दा फोन नउठाउनु र पछि छलफल गरि केही शेयर सदस्यहरुलाई शेयर वापतको रकम फिर्ता दिनुले पनि सहकारीमा केही भएपनि बद्मासी भएको सहकारी तथा लघुवित्त अभियान्ताको भनाई छ ।मिडियाकर्मीहरुले पीडितका कुरा लेख्ने र वास्तविकता बुझ्न फोन गर्दा पनि फोन नउठाउने साथै साँझ परेपछि फोन गर्नुले पनि अध्यक्ष महतो तथा प्रवन्धक तिर्थ नारायण महतो र सहकारीका सचिव श्याम महतोको नियतमाथि शंका सृजना भएको छ ।
सहकारीले जारी गरेको विज्ञप्तीमा केही शेयर सदस्यले आफनो हितमा संस्थाको नियम विपरित काम गराउन खोज्दा संचालक समिति तथा व्यवस्थापन नमान्दा विना प्रमाण संस्थाको हित विपरित संस्थालाइ मात्रै नभएर सम्पुर्ण सहकारी क्षेत्रमै असर पर्ने गरि टिकाटिप्पणी,बदनामी, संस्थाका भ्रमात्मक गतिविधिहरु कु प्रचार गर्दै गरेको समेत उल्लेख गरेको छ ।
पाँच सय ८७ शेयर सदस्य रहेको सहकारीले आफुहरुको शेयर फिर्ता माग्दा विभिन्न वाहनाबाजी गरि शेयर रकम फिर्ता नदिएको भन्दै केही शेयर सदस्यहरु कमलामाई मिडिया प्रा.लिको सम्पर्कमा आएका थिए ।यता, शेय सदस्यहरुले सहकारीले प्राप्त गरेको लाभांश वितरण नगरेको,आफ्नो शेयर रकम फिर्ता माग्दा विभिन्न बाहना बाजी गरि शेयर रकम फिर्ता नगरेको भन्दै कमलामाई मिडिया प्रा.लिसंग गुनासो गरेका थिए ।