भन्सार छलीको ९ बोरा चिनी र किरानाका सामान प्रहरीको नियन्त्रणमा

2k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४,त्रिभुवननगरबाट प्रहरीले भन्सार छली ल्याइएको ९ बोरा चिनी बरामद् गरेको छ । ब्रम्हपुरी गाउँपालिका ४,त्रिभुवननगरबाट भारतबाट भन्सार छलेर भित्र्याइएको ९ बोरा चिनी बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गस्तीमा रहेको प्रहरी टोलीले त्रिभुवननगर गाउँतर्फ गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको ९ बोरा चिनी बरामद गरेको हो ।
त्यसैगरी त्रिभुवननगर स्थित मेनगेट अगाडी चेकजाँच गर्ने क्रममा त्रिभुवननगरबाट बयलबासतर्फ आउँदै गरेको ना ४ ख ५३९९ नम्बरको यात्रुवाहक बसबाट रु २ लाख मूल्य बराबरको किरानाका सामानहरु पनि बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनु भयो ।
बरामद गरिएका सबै सामान आवश्यक कार्यवाहीको लागि  नियन्त्रणमा लिइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार