Close This

खानेपानी विस्तारमा गुणस्तरहिन काम भएको भन्दै स्थानियद्धारा निमार्ण कार्य अवरुद्ध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१८ गते   ३३० पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका ९ मा निर्माण भएको खानेपानीको पाइप गुणस्तरहिन भएको भन्दै स्थानियले विरोध गरेका छन् । हरिपुर नगरपालिका ९ पिडारीमा रहेका ८ सय ६६ घरधुरीलाई शुद्ध खानेपानी पुर्याउने उदेश्यका साथमा सुरु भएको खानेपानी विस्तार कार्यमा पाइप विछ्याउने काममा गुणस्तरहिन भएको भन्दै स्थानियबासीले विरोध स्वरुप सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । 


पाइप खरिद गर्दा हरिपुर नगरपालिकाले ठेक्काको समयमा भएको स्टीमेट अनुसार खरिद नभएको, खानेपानी विस्तारको कार्य गुणस्तरहिन भएको, निर्माण भै सकेको पककी सडक तोडफोड गरि पाइप विछ्याउन खनिएको भन्दै स्थानिय युवाहरुले आक्रोश व्यक्त गरेका हुन । स्थानिय भद्रभलादमी सहित गरि ५० जनाको हस्ताक्षमा गणस्तरिय काम गर्न ध्यानाकर्षण गराउन भन्दे जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ज्ञापन पत्र बुझाएका स्थानिय युवा सुवोध रायले बताउनु भयो । हरिपुरन नगरपालिकाले रु १७ लाखमा किनेर पिडारि खानेपानी तथा सरसफाइ उपभोक्ता समितीलाइ दिएको पाइप गुणस्तरहिन रहेको वडा अध्यक्ष,नगर प्रमुख र पिडारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष शिवनाथ साह लगायतले आर्थिक अनियमितता गरि गुणस्तरहिन काम गरेको भन्दै युुवाहरुले आक्रोस व्यक्त गरेका छन् ।
करिब २ कलिमिटर खानेपानीको पाइप विछ्याउन हरिपुर  नगरपालिकाले रु १७ लाखको पाइप खरिद गरेको र जडान तथा पाइप पुर्न रु ४ लाख पिडारि खानेपानी उपभोक्ता समितीलाइ दिने बताएको र सोही अनुसार पिडारि खानेपानी तथा सरसफाइ उपभोक्ता समिती बाट काम भएको भएपनि पाइप गुणस्तरहिन भएका कारण आफुहरुले विरोध गरेको रामविश्वास साहले बताउनु भयो ।
समितीले पिडारीका ८ सय ६६ घरधुरीबाट रु ६ हजार १ सयकादरले ११ प्रकारका ब्यक्तिगत घरमा धारा जडान गर्दा लाग्ने सामग्री खरिदका लागी रकम असुल गरि समितीले आफ्नो खातामा रकम राखेको छ । भने  नगरपालिकाले आफुहरुसंग समन्वय नै नगरि सडकको काम गरेका कारण नगरले गरेको कामको जवाफ आफुले नदिने वडा अध्यक्ष हरिनाथ प्रसाद साहले बताउनु भयो । यता आयोजनाका अध्यक्ष शिवनाथ साहले आफुहरुले गुणस्तरिय काम गरेको भन्दै आफ्नो कामको गुणस्तीयतामा प्रश्न उठाउने काम नगर्न आग्रह गर्नु भयो ।
उहाँले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवाका इन्जीनियर शिवशंकर रौनियारले अनुगमन गराउदा गुणस्तरिय काम भएको बताउनु भएको भन्दै काम निरन्तर गरिरहेको बताउनु भएको छ । काम तथा योजनाका विषयमा थप बुझ्न खोज्दा वडा अध्यक्ष साह केही नबताई निर्माण कार्य भइरहेको क्षेत्रबाट बाहिरिनु भएको थियो । हरिपुर नगरपालिकामा विकास निर्माणको काममा आर्थिक अनियमितता हुने गरेको भन्दै चौतर्फी आलोचना समेत हुने गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech