सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रिपाल मुनीको वास

3.8k Shares

छिमेकी देश भारतमा कोरोना संक्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सिमाबाट हुने अवैधानीक तथा गैर कानूनी क्रियाकलाप रोक्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ ।


सीमा क्षेत्रको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले अस्थायी प्रहरी पोस्टहरू,बेश क्याम्प तथा डिउटी पोष्टहरु बनाएर आफ्नो जिम्मेवारी पुरा गर्न सुरु गरेको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ५१ किलोमिटर क्षेत्रको ६ स्थानमा स्थायी पोस्ट रहेकोमा अहिले ७ स्थानमा अस्थायी पोस्ट थप गरेर १३ स्थानमा पुर्याईएको सशस्त्र प्रहरीले जनाएको छ ।

कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दुरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।
१६ वटा बेश क्याम्प,८२ वटा डिउटी पोष्ट बोर्डर र १३ वटा अस्थायि पोष्ट थपेर करिब ८० देखि १०० मिटरको दुरीमा ५ सय जना सशस्त्र प्रहरीलाई डिउटीमा खटाईएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठले जानकारी दिनु भयो ।


भारतबाट अवैधरूपमा नेपाल प्रवेश  नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, डिउटी पोष्ट र बेश क्याम्प स्थापना गरेर बसेका सशस्त्र प्रहरी अधिकांशको वास पालमुनि हुने गरेको छ । केही अस्थायी पोस्टहरु,बेश क्याम्प स्थानीयबासीका घरमा छन भने केही बेश क्याम्प तथा अस्थायि डिउटी पोष्टहरु स्थानिय विद्यालय तथा सामुदायिक विद्यालयमा रहेका छन् भने अन्य  अस्थायी पोस्ट अस्थायि बाँसका टहरा बनाएर त्रिपालको छानो हालेर बनाइएका छन् । दैनिक जसो आउने बर्षासँगै हावाहुरीका कारण सिमाको रक्षाका लागि खटेका सशस्त्र प्रहरीहरु मारमा परेका छन । 


खुल्ला सिमाना भएका कारण कति पए नेपालीको भारतमा र कति पय भारतीयको जग्गा जमिन नेपाल रहेका कारण पनि सिमा क्षेत्रमा सुरक्षा कडाइ गर्न समस्या हुने गरेको एक प्रहरी अधिकृतले बताउनु भयो । थोत्रा त्रिपाल मुनीको बसाई करिब २ महिना पुग्न लाग्यो । पिउँने पानीको समस्या छ । रातमा बाल्ने विजुली वत्ती छैन । खेतमा त्रिपालको टहरा र बाँसको टहरा बनाएर बसको छौँ । वर्षायाम सुरु भएपछि कहाँ जाने भन्ने समस्या अहिले देखि नै सुरु भई सकेको छ । हावा हुरी चल्यो भने त्रिपाल उडाउँछ कसरी बस्ने भन्ने चिन्ता छ ।  हावाहुरी आएपछि त्रिपाल समाउने की सिमाको सुरक्षा गर्ने भन्ने चिन्ता छ । व्यावस्थीत भौतिक संरचना छैन । उनिहरुको गुनासो छ ।


लक डाउनका कारण विशेष गरी सिमा क्षेत्रका मानिसहरु बढी प्रभावित हुने गरेका बुझिएको छ । आफुहरु खेतीपाती नगर्ने  बिहान बेलुका अन्य काम गर्ने र साँझमा खाद्यान्न खरिद गरेर जीविका चलाउने मानिसहरु नै लक डाउनको सिकार बनेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार