आक्रोसित स्थानीयद्धारा किशोरको शव घटनास्थलमै राखेर क्षेत्रीपुर्ति र कार्बाहीको माग

384 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ५,सखुवनीमा क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर शनिबार मध्यान्ह एक किशोरको ज्यान गएको भन्दै स्थानीय आक्रोसित भएका छन् । ईश्वरपुर नगरपालिका ५,सखुवनीमा क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर ईश्वरपुर नगरपालिका ४,सागरनाथका अन्दाजी १७ वर्षीय किशोर निशान्त थापा मगरको ज्यान गएको थियो ।
ईश्वरपुर नगरपालिका ५ सखुवनीमा फुटबल खेल्न साथीहरुसँगै गएका ईश्वरपुर नगरपालिका ४ सागरनाथका १७ वर्षीय किशोर मगरको नुहाउन खोला नजिकै नदीजन्य पदार्थ उत्खनन् गर्न खनिएको खाल्डोमा नुहाउँन जाँदा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
खाल्डो गहिरो भएकाले मृतक किशोरको शव निकाल्न शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखोर टोली घटनास्थलमा आइ शव निकालेपछि स्थानीयले शवलाई आफ्नो नियन्त्रणमा राखेर क्रसर उद्योगले खनेको खाल्डोमा परेर आफ्ना आफ्न्तको जयान गएको भन्दे आक्रोस व्यक्त गरेका छन् । 
आक्रोसित स्थानीयले क्रसरको लापरवाहीले आफ्न्ता आफन्तको ज्यान गएको भन्दै क्षतिपूर्ति र क्रसर उद्योगलाई आवश्यक कार्बाहीको माग गरेपछि शव घटनास्थलबाट उठ्न सकेको छैन् ।मृतकका आफ्न्त सहित यो समाचार तयार पार्दा सम्म इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा छलफल चलिरहेको स्थानीय सुरेन्द्र गोलेले जानकारी दिए ।जिल्लाका नदीहरुमा लगाईको अव्यवस्थित ठेक्का तथा मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगहरुका कारण हरेक वर्ष यस प्रकारका घटनाहरु घट्ने गरेका भएपनि सरोकारवाला निकाय बेखबर रहेको स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार