Close This

बारामा प्रहरीद्धाराकरिब ५० हजार लिटर घरेलु मदिराको कच्चा पदार्थ नष्ट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२७ गते   १५७ पटक हेरिएको

जिल्ला प्रहरी कायार्यलय बाराले अवैध रुपमा सन्चालित घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टी नष्ट गर्ने अभियानलाई तिब्र दिएको छ । जिल्ला प्रहरी कायार्यलय बाराको प्रहरीप्रमुख भएर प्रहरी उपरिक्षक होविन्द्र बोगटी बारा आएपछि जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा सन्चालित मदिरा भट्टीको खोजी गर्दै नष्ट गर्ने अभियान सूरु गरिएको थियो ।
अभियान कै क्रममा बारा  प्रहरीले ५ वटा रक्सी भट्टी तोडफोड गरि अन्दाजी ४० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका ३ र १० मा पर्ने गंजभवानीपुर गाँउका विभिन्न व्यक्तिहरूको घरमा संचालित ५ वटा रक्सी भट्टीहरू तोडफोड गरेर नष्ट गरेको जिल्ला प्रहरी कायार्यलय बाराको प्रहरीप्रमुख भएर प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनु भयो । उहाँका अनुसार अभियान कै क्रममा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने अन्दाजी ४० हजार लिटर कच्चा पदार्थ पनि नष्ट गरिएको छ ।
रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन,भडाकुडा नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो । उहाँले यो अभियानलाई अगामी दिनमा पनि निरन्तरता दिइने बताउनु भयो । यसअघि आइतबार पनि बारामा प्रहरीले ५ वटा रक्सी भट्टी तोडफोड गर्दै अन्दाजी १० हजार लिटर कच्चापदार्थ नष्ट गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech