माओवादी केन्द्र हरिवन नगर कमिटिको कार्यालय उद्घाटन

330 Shares

नेकपा (माओवादी केन्द्र) हरिवन नगर कमिटीको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।शनिवार हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा माओवादी केन्द्र हरिवन नगर कमिटिको पार्टी कार्यालय उद्धघाटन गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव गौरी महतोले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रका केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोख्रेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि नगर कमिटिको पार्टी कार्यालय उद्घाटन गरिएको हो ।माओवादी केन्द्र नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन)को अध्यक्षतामा भएको कार्यक्रममा चार जना शहीद परिवारलाई सम्मान समेत गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव महतोले बताए ।
हरिवन नगरपालिका भित्र रहेका शहीद गगां महतो,चन्द्रलाल श्रेष्ठ,प्रल्हाद शिवाकोटी र केशवराज गौतमको परिवारलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको नगर कमिटिका अध्यक्ष पन्तलेबताए ।उनका अनुसार नगर कमिटिको कार्यालय उद्धघाटन गर्न सर्लाही आएका पार्टीका केन्द्रिय सचिव एवम मधेश प्रदेश इन्चार्ज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज अच्युतम काफ्ले,मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा र माओवादी केन्द्रका नेता एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) रमाओवादी केन्द्रका नेता राज कुमार यादव लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो । यता,माओवादी केन्द्रका नेताहरु अहिले आफुहरुले जनयुद्धताका जनतालाई देखाएका आश्वासनहरु आफुहरुले विर्सने अवस्थामा पुगेको भन्दै आत्मालोचित हुँदै जनताका घरदैलोमा फेरी जाने र २०६४ सालको माओवादी केन्द्र निर्माण गर्ने तयारी स्वरुप गाउँ पसेका छन् ।

सम्बन्धित समाचार