सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु गाउँपालिका ७ दुलबाका स्थानिय सिवा राय यादबसंग भागी बिबाह गरेकी एक युवती हिंसाको सिकार भएकी हुन । वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती बीस दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन ।
युवक र युवती दुबैजनाको सल्लाह अनुसार युवकले बिवाह गर्ने भनी घरबाट लिएर भागेका भएपनि भागेको २० दिन पछि गाउँ फर्किएर आफुलाई तिमी मुसहर समुदायकी केटी हौँ तिमी आफ्नोघर जाउँ म तिमीसंग बिबाह गर्दीन भनी छाडि दिएको पीडित युवतीले बताइन्। आफनै घर जादाँ आमा बुवाले अस्विकार गरेपछि आफु शिवाको घर गएको तर शिवाको परिवारले आफुृलाई पशु चौपाय झैँ बन्धक बनाएर राखेका पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिन देखि बन्धक बनाएर राखेका उनले बताईन् ।
युवक शिवाले तिमि मुसहर समुदायकी हौँ, तिमी यही बस भनेर दाउरा राख्ने गोठ घरमा छोडेर भागेपछि युवक भागेका पीडित युवतीले बताईन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेका सर्लाहीका दलित अगुवा महेश पासवानले बताउनु भयो ।
जातिय छुवाछुत समाजिक अपराध हो,प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातिय विभेद हुनु भनेको दण्डनिय अपराध हो । अर्का दलित अगुवा राजेश पासवानले बताउनुभयो । भागेर २० दिनसंगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोस व्यक्त गरे । नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचलने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाई छ । उनले स्थानिय सरकार तथा प्रहरी प्रशासनले दोषीलाई यथासिघ्र पक्राउगरि कडा कर्वाहीको माग समेत गरेका छन् ।
यता, युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानुन अनुसार युवकलाई कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनुभयो । प्रदेश नम्बर २ का अधिकांश जिल्लाहरुमा जातिय तथा धार्मीक र वर्गिय परम्पराको अन्त्य नहुँदा यस्ता घटनाहरु निरनतर घटि रहेको मानव अधिकारवादी मुकेश मिश्रले बताउनुभयो ।