सर्लाही र महोत्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु तीनजना घाईते

289 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १ स्थित शंकरगंजमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ।ईश्वरपुर नगरपालिका १ स्थित शंकरगंजबाट मोहनगंज तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ५८८२ नम्बरको मोटरसाईकलको ठक्करबाट ब्रहम्पुरी गाउँपालिका ७ मोहनगंजकी अन्दाजी वर्ष ७० की देवकी महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकलको ठक्करबाट घाईते भएकी महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको हुन ।ठक्कर दिने मोटरसाईकलका चालक महोत्तरी एकडरा गाउँपालिका ५ का अन्दाजी वर्ष २३ का प्रदिप कापर र दुर्घटनामा संग्लग्न मोटरसाईकल  प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका ५ टुटेश्वर जंगलमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीले  जनाएको छ।ना. ८ ख. ३१६ नम्बरको टिपरको ठक्करबाट ना. ४ त. ६८२३ नम्बरको ट्याक्टरमा सवार सर्लाही ईश्वरपुर नगरपालिका १२ घारिबथानका अन्दाजी वर्ष ३७ का सन्तोष मगरातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीको पर्सा गाउँपालिका १ स्थित संग्रामपुर हरिपुर्वा सडक खण्ड मार्फत मलंगवाबाट जनकपुर जाँदै गरेको ना ४ ख ४७३५ नम्बरको बसको छतबाट खसेर एक जना घाईते भएका छन् ।मलंगवाबाट जनकपुर जाँदै गरेको बसको छतमा रहेका पर्सा गाउँपालिका २ का अन्दाजी बर्ष २० का रवि मण्डल डिसको तारमा अल्झिएर बसको छतबाट खस्दा घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसको छतबाट खसेर घाईते भएका मण्डलको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचार भई रहेको छ भने बसका चालक महोत्तरीको गौशाला नगरपालिका ७ का अन्दाजी बर्ष ३६ का राम जिवन पाण्डे प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार