महामन्त्री थापा आफैँ कटे नागढुङ्गा, सर्लाही-४ बाट चुनाव लड्ने,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२२ गते   ४५१ पटक हेरिएको

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका महामन्त्री थापा अचानक सर्लाही ४ बाट निर्वाचन लड्ने भएका हुन् । 
नेपाली कांग्रेस सर्लाही जिल्ला समितिले महामन्त्री थापाकाे एकल नाम सिफारिस गरेकाे र साेही अनुसार थापाले सर्लाही ४ बाटै निर्वाचन लड्ने भएका हुन । 
काठमाण्डाैंबाट चारपाटा माेडेर नागढुंगङ्गा कटाउनु पर्छ भन्ने केही नेताहरुले दिएकाे अभिव्यक्तबाट तर्सिएका महामन्त्री थापालाई सर्लाहीबाट चुनाव लड्न जिल्ला समितिले एकल नाम सिफारिस गरि सुरक्षीत गरेकाे छ ।
डा. अमरेश कुमार सिंह निर्वाचित भएको सर्लाही ४ लाई नेपाली कांग्रेसकाे आधार ईलाका मानिन्छ ।  
नेपाली कांग्रेस-नेकपा(माओवादी केन्द्र)- नेपाल समाजवादी पार्टी(नेसपा) र नेकपा(एकीकृत समाजवादी)पार्टी लगायतकाे गठबन्धनबाट सर्लाही ४ मा चुनाव लड्न लागेका महामन्त्री थापा संस्थापन पक्षका रहेका कांग्रेस नेताहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech