हरिवन ६ मा म्याजिकको ठक्करबाट मोटरसाईकल चालक घाईते

851 Shares

गणेश खड्का
सर्लाही हरिवन नगरपालिका ६ स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जना घाईते भएका छन् । हरिवन नगरपालिका ६ स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको ना.१ज.८९५० नम्बरकोे म्याजिकले सोही दिशातर्फ आउँदैै गरेको ज.१प.८६२० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकालका चालक घाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रहरीका अनुसार म्याजिकले मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकल चालक हरिवन नगरपालिका ६ बस्ने अन्दाजी बर्ष २१ का सुनिल महतो घाईते भएका हुन । घाईते महतोको हाल नमुना अस्पताल हरिवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संग्लग्न दुवै सवारी साधनलाई  ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार