आईतबारबाट तिहार सकियो तर सोमबार पनि तिहार बिदा

331 Shares

आइतबार देखि तिहार (यमपञ्चक) २०८१ सकिएको छ।यमपञ्चक २०८१ आईतबार नै सकिएको भएपनि सरकारी कार्यालयहरु भने मंगलबारबाट मात्रै खुल्ने भएका छन्।सरकारले आज (सोमबार) पनि तिहारकै बिदा दिएपछि सरकारी कार्यालयहरु मंगलबार मात्रै खुल्ने भएका हुन ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदी बहिनीको हातबाट लगाइने भाइटीका लगाएसँगै तिहार सकिए पनि तिहार बिदा सोमबार पनि भएकाले सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने भएका हुन्।टीका लगाउन जानेहरू फर्किने भएकाले भाईटीकाको भोलिपल्ट सोमबार(आज)बिदा दिइएको हो भने सरकारी कार्यालयहरु मंगलबारबाट खुल्ने छन् ।

सम्बन्धित समाचार