भुमिहिन समस्या क्रमागत रुपमा समाधान हुन्छ ः देवकोटा

2.3k Shares

वाग्मति प्रदेशका भुमि सम्वन्धि आयोगका सदस्य केशवप्रसाद देवकोटाले भुमिहिन नागरिकलाई अवको ३ वर्षमा जग्गा प्रदान गरीने बताउनु भयो । नेपाल सरकारको ऐलानी पर्ती जग्गा प्रत्यक्ष भोगचलन तथा अन्न उत्पादन गरिरहेका किसानलाई लालपुर्जा प्रदान गर्न सकिने देवकोटाले कमलामाई दबरलाई बताउनु भयो ।
किसानले प्रत्यक्ष उपभोग गरिरहेको ऐलानी जग्गा दर्ता हुने पनि देवकोटाले बताउनुभएको छ । आयोग बनिसकेपछि वर्षाैदेखि भोगचलन नभएको जग्गा कसैले नपाउने उहाँले बताउनु भयो । उहाँले भुमिहिन जनतालाई नेपाल सरकारको निर्णय अनुसार अघि बढ्न सकिने बताउनु भएको छ ।
 अहिले स्थानिय निकायहरुले लगत संकलनको काम गरि रहेको जानकारी गराउनु भएको छ ।वर्तमान अवस्थामा तराईका जिल्लाहरुमा सुकुम्वासीको समस्या प्रशस्तै रहेको उल्लेख गर्दै ती समस्या क्रमागत रुपमा समाधान हुनेमा ठुक्क हुन किसानहरुलाई आग्रह पनि गर्नु भएको छ ।
अब भदौको पहिलो सातामा जिल्लामा भुमिहिन समस्या समाधान सम्बन्धि आयोग गठन हुने प्रदेश सदस्य देवकाटाले बताउनु भयो । आयोग गठन भएपछि सुकुम्बासीका समस्या समाधान हुने उहाँले बताउनु भयो । 

सम्बन्धित समाचार